बुटवल पावरको वित्तीय अवस्था कस्तो ?

बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको नाफा १३.२९ प्रतिशतले बढेको हो ।  यस अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २० करोड ७६ लाख रुपैयाँबाट बढेर २१ करोड ४४ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी ७० लाख ७६ हजार रुपैयाँबाट बढेर ७१ लाख ६५ हजार रुपैयाँ भएको छ ।

बुटवल पावरको पुँजी ३ अर्ब २४ करोड ६३ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ६५ पैसा भएको छ । यसको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ २९ पैसा छ ।

Comments

Back to top