रसुवागढी हाइड्रोपावर १ करोड ७८ लाख नोक्सनमा

रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  यस अवधिसम्म कम्पनी १ करोड ७८ लाख २२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यही त्रैमासमा कम्पनी १ करोड १३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । असोजसम्ममा रसुवागढी ९६ लाख ४३ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । गत वर्ष पनि कम्पनी ७४ लाख ३७ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो । हाल यसको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३० करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०४ पैसा ऋणात्मक रहेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ७३ पैसा ऋणात्मक रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ५७ रुपैयाँ छ ।

Comments

Back to top