नेप्सेमा कुमारी बैंकको ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा कुमारी बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । ११ % केबिएल डिबेन्चर २०८९’ नाममा ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । कुमारी बैंकले गत भदौ १७ गतेदेखि ३१ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो ।  यस ऋणपत्रमा वार्षिक ब्याजदर ११ प्रतिशत पाइन्छ ।

Comments

Back to top