नेप्से इन्ट्राडे अपडेट: लगभग १ अङ्कको वृद्धि
आज नेप्से बजार केही अङ्कले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८८० को नजिक आएको छ। १.४० अङ्कले बढेर नेप्से परिसूचक १८८४.५६ मा आएको हो । आज २ घण्टामा लगभग साढे ३४ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा मनकामना स्मार्ट लघुवित्त रहेको छ जसको ४.४७ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा न्गादी ग्रुप रहेको छ जसले ७.३९ % गुमाएको छ ।
Comments