रु रु जलविद्युतको कस्तो छ वित्तीय अवस्था ?
रु रु जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीले ३ करोड ३९ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ३३ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीले ५ करोड रुपैयाँ बिजुली बेचेर कमाएको छ जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २.९८ प्रतिशतले कम हो । गत बर्षको सोहि अवधिमा कम्पनीले ५ करोड १५ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, कम्पनीको चुक्ता पूँजी ४४ करोड ८४ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष १७ करोड २० लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ३५ पैसा छ ।
Comments