एनएमबि लघुवित्त ८० लाख नोक्सानीमा
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। असोज मसान्तसम्ममा लघुवित्तले ८० लाख १० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.५० प्रतिशत घटेर ८ करोड ६४ लाख रुपैयाँ झरेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २४.५३ प्रतिशत घटेर १० करोड ३१ लाख रुपैयाँ कायम भएको छ । सञ्चालन नाफा ८१ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ५५ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २४ पैसा रहेको छ। लघुवित्तको चुक्ता पूँजी ६५ करोड ५८ लाख ६३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३६ करोड २२ लाख जम्मा छ ।
Comments