शिवम् सिमेन्ट्सको नाफा २७ करोड ४७ लाख, प्रतिसेयर आम्दानी कति?
शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिसम्म कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत बढी हो।
सञ्चालन आम्दानी घटेपनि खर्च नियन्त्रण गरेका कारण कम्पनीको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशत घटेर १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । अन्य आम्दानी बढेर ३१ करोड ३४ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५ पैसा बढेर २४ रुपैयाँ ९८ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा रहेको छ । यसको पूँजी ४ अर्ब ४० करोड छ । भने शेयर प्रिमियममा ९५ कोरड ६२ लाख रुपैयाँ रहेको छ ।
Comments