फिफा विश्वकपको लागि कतारले गर्यो नयाँ नोट जारी!

२२ औं संस्करणको फिफा विश्वकपको तयारीमा रहेको कतारमा  नयाँ बैंक नोट जारी गरिएको छ।  

सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी र फिफासँगको समन्वयमा बुधबार विश्वकप विशेष नोट र सिक्का सार्वजनिक गरिएको हो । विश्वकपको लोगो, ट्रफी, लुसेल र अल बायत रङ्गशाला, राष्ट्रिय चिन्हलगायत नोट र सिक्कामा समावेश गरिएको छ । 

बैङ्किङ क्षेत्रले विश्वकप जस्तो ऐतिहासिक कार्यक्रमको सफल आयोजनाको निमित्त नयाँ मुद्रा मार्फत योगदान गरेको हो। फुटबल इतिहासलाई प्रतिनिधित्व गर्न नयाँ मुद्राले सहयोग पुर्याउने बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन साउद अल थानीले बताएका हुन्। 

Comments

Back to top