नेप्सेमा करिब १० अङ्कको गिरावट , कारोबार रकम ७७ करोड नजिक!
आज आइतबार १०.५४ अङ्कले घटेर ०.५६% गिरावटका साथ नेप्से परिसूचक १८८३.१६ अंकमा बन्द भएको छ। कारोबार भएका २२५ कम्पनीमध्ये ४४ कम्पनी उकालो लागेका छन्, १३१ कम्पनी ओरालो लागेक छन् भने १० कम्पनी स्थिर रहेको छ।
कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा लक्ष्मी इकुइटी रहेको छ, जसको ७.९० % मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा नबिल ब्यालेन्स्ड फन्ड-२ रहेको छ, जसको सेयर मूल्य ६.९०% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार शिवम् सिमेन्टको भएको छ।
Comments