भारतले कर लगाएपछि ३१ प्रतिशतले चामल आयात घट्यो

नेपालमा धान, चामल र कनिकाको निर्यातमा भारत सरकारले कर लगाएपछि आयात घटेको छ।  गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा ३१ दशमलव ६७ प्रतिशतले चामल आयात घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार सोही अवधिमा ८६ दशमलव ५८ प्रतिशतले धान आयात घटेको छ। 
त्यस्तै, गत  वर्षको तीन महिना साउन, भदाै र असोजमा भारतबाट कुल ४० करोड ४१ लाख ५८ हजार रुपैयाँ बराबरको कनिका आयात भएको थियो। 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ अर्ब ९३ करोड ३२ लाख रुपैयाँको चामल आयात भएको छ। जबकि गत आर्थिक वर्षको पहिलो तीन महिनामा ७ अर्ब २२ करोड ४ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो । बासमती र उसीनाबाहेक धान–चामल निर्यातमा २० प्रतिशत कर लगाउँदै भारतले भदौ २४ गतेदेखि   कनिका निर्यातमा पूर्ण बन्देज गरेको थियो ।

यो वर्षको पहिलो ३ महिनामा धान, चामल आयात घटेको देखिए पनि विगतका ५ वर्ष अवधिको मूल्यांकन गर्दा भने बढेको देखिन्छ । 

Comments

Back to top