निर्धन उत्थान लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले ३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८३.८८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २० करोड १९ लाख ३७ हजार खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ८३.८८ प्रतिशतले घटेर ४ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २८ करोड ८४ लाख ८२ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ६.९६ प्रतिशतले घटेर ४८ करोड हजार रुपैयाँमा झरेको छ । यसको इम्पेयरमेन्ट चार्ज बढ्नाले नाफा घटेको हो ।
निर्धनको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ७८ करोड ६ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ५.९३ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ ११७.१२ रुपैयाँ रहेको छ ।
Comments