मिर्मिरे लघुवित्तको नाफा २ करोड ८२ लाख , प्रतिसेयर आम्दानी कति ?

मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म संस्थाले २ करोड ८२ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४९.३८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ५ करोड ५८ लाख ४४ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ४९.३८ प्रतिशतले घटेर ४ करोड ३ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड ९७ लाख ७८ हजार रूपैयाँ रहेको थियो । त्यसैगरीपहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने ३.६० प्रतिशतले बढेर १२ करोड ६१ लाख ६१ हजार रुपैयाँ पुगेको छ । 

यसको चुक्ता पुँजी ५३ करोड १२ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ३१ लाख ६० हजार रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी २१.२८ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १९९.१ पैसा रहेको छ ।

Comments

Back to top