नेशनल हाइड्रोपावरको नाफा ९८ प्रतिशतले घट्यो

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६८ लाख १८ हजार रुपैयाँमा नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ६ करोड ३६ लाख २८ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा गत आर्थिक वर्षको तुलनामा ३६८.६७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ३५ लाख ७६ हजार रूपैयाँको विद्युत बिक्री गरेको थियो ।

वित्तीय खर्च उल्लेख्य बढेका कारण नाफामा दबाब परेको हो। त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ करोड ३८ लाख ४६ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.९६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा पुगेको छ । 
 

Comments

Back to top