सपोर्ट लघुवित्तको नाफा ४ लाख ४५ हजार, प्रतिसेयर आम्दानी कति?

सपोर्ट लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४ लाख ४५ हजार रुपैयाँमा नाफा कमाएको छ ।  गत वर्षको यसैअवधिमा संस्थाले १३ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी २१.०७ प्रतिशले घटेर १ करोड ३५ लाख ७१ हजार रुपैयाँमा झरेको छ । यसले ९० करोड ८७ लाख रुपैयाँ सापटी लिएको छ भने १ अर्ब ३७ करोड कर्जा परिचालन गरेको छ ।

सञ्चालन नाफा पनि ६७.६९ प्रिशतले घटेर ७ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ २७ पैसाले घटेर २ रुपैयाँ ०८ पैसामा कायम छ । प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ २४ पैसा छ ।

Comments

Back to top