दिव्यश्वरी हाइड्रोपावरको वित्तीय अवस्था कस्तो ?
दिव्यश्वरी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ७ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा २९ लाख ३७ हजार रुपैयाँ रहेको थियो । असोज मसान्तसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी ८.०९ प्रतिशतले बढाएर ३ करोड २१ लाख रुपैयाँ पुर्याएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट २ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहको छ । जगेडा कोष २२ करोड २० लाख रुपैयाँले ऋणात्मक रहेको छ । यसको प्रतिसेयर आम्दानी ३० पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५ रुपैयाँ ९० पैसा रहेको छ ।
Comments