ट्वीटरले छोटो समयमै आधिकारिक लेबल हटायो

ट्विटरको नयाँ मालिक बनेपछि एलन मस्कले हरेक दिन केहि नयाँ प्रयोग गरिरहेका छन्। 

यसैक्रममा  बुधबार उनले ट्विटरमा नयाँ 'आधिकारिक' लेबल सुरु गरेका थिए, जुन केही समय पछि उनले आफै हटाए।  ट्विटरको नयाँ 'आधिकारिक' लेबलको कारणले गर्दा बुधबार राती राजनीति, सञ्चारमाध्यमदेखि लिएर हरेक क्षेत्रका ठूला व्यक्तित्वको ट्विटर प्रोफाइलमा ‘आधिकारिक’ लेबल देखिएको थियो । तर देखिएको लेबल केहि समयपछि गायब भयो । 

एलन मस्कले आफ्नो ट्वीटमा लेखे "कृपया सचेत रहनुहोस् किनकी ट्विटरले आगामी महिनाहरूमा धेरै मूर्खतापूर्ण चिजहरु गर्नेछ  । हामीले काम गर्ने कुरालाई राख्नेछौं, जसले कम गर्दैन त्यसलाई बदल्नेछौं ।" यसले के सुझाव दिन्छ भने  ट्विटरमा आधिकारिक ब्याज ल्याउनु भनेको एलोन मस्कको केही समयको लागि प्रयोग गरेको कुरा थियो । केहि समयपछि मस्कलाई यसले काम नगरेको जस्तो लगेर उनले  ट्विटरबाट त्यसलाई हटाए ।

Comments

Back to top