यस हप्ता नेप्सेले बनायो 'बियरिश शुटिंग स्टार', आगामी हप्ता नेप्से कता लाग्ला?

गत साता ३.४३% ले बढेको नेप्से यो साता भने १.४८% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १९२४.२० को बिन्दुमा खुलेको नेप्से १९८७.२६ को उच्च बिन्दुसम्म पुगेको थियो।  नेप्सेले यस साता  करिब २८ अङ्क गुमायो। हप्ताको अन्तिम कारोबार दिन लगभग २४ अंक घटेर नेप्से १८९३.७० मा बन्द भएको छ।

 

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )

टप ब्रोकर

प्राविधिक विश्लेषण

NEPSE WEEKLY UPDATE: NOV 11, 2022

 

अघिल्लो साता 'बुलिश माराबोजु क्यान्डल' बनाउँदै उकालो लागेको नेप्सेले यो साता भने 'बियरिश शुटिंग स्टार क्यान्डल' बनाएको देखिन्छ जसले बजार बिक्रिकर्ताको पकडमा रहेको सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा थोरै तल भएको छ तर ब्याण्ड भने फैलिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव बढ्न थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल – ११४.९८ मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ १३.६७ मा पुगेको छ जसले बजारमा बिक्रीको साथै खरिद पनि बढिरहेको देखाउँछ ।  सिग्नल लाईन भने बढेर जिरो लाईन भन्दा तल -१२८.६५ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र –१४ डिएमआई लाईन तल फर्किने गति घटेको देखिन्छ जसले बजारमा बिक्री बढी भएको बुझाउँछ। आरएसआइ ४०.१४ बाट घटेर ३८.५४ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८६० को एरिया हुन्छ भने  नेप्सेको अवरोध १९९० को एरिया देखिन्छ।

Comments

Back to top