नेप्सेमा करिब २४ अङ्कको गिरावट , कारोबार रकम १ अर्ब नजिक!

आज बिहीबार २३.५२ अङ्कले घटेर १.२३% गिरावटका साथ नेप्से परिसूचक १८९३.७० अंकमा बन्द भएको छ। कारोबार भएका २२६ कम्पनीमध्ये १३ कम्पनी उकालो लागेका छन्, १७१ कम्पनी ओरालो लागेक छन् भने  १ कम्पनी स्थिर रहेको छ।

कारोबार भएका सबै  उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा   मन्दाकिनी हाईड्रोपावर रहेको छ, जसको ३.९२ % मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा  अप्पर हेवाखोला रहेको छ, जसको सेयर मूल्य ६.९१% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर  र भोलुममा कारोबार शिवम् सिमेन्टको भएको छ।

Comments

Back to top