नेप्से इन्ट्राडे अपडेट: लगभग २० अङ्कको गिरावट!
आज नेप्से बजार भारी अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८९७ को नजिक आएको छ। २०.०१ अङ्कले घटेर नेप्से परिसूचक १८९७.२१ मा आएको हो । आज २ घण्टामा लगभग ४४ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा डिप्रोक्स लघुवित्त रहेको छ जसको २. १३ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा पन्चकन्या माई हाईड्रो पावर रहेको छ जसले ५.८३ % गुमाएको छ ।
Comments