सानिमा माई हाइड्रोपावरको वित्तीय अवस्था कस्तो ?
सानिमा माई हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार पहिलो त्रैमाससम्ममा कम्पनी २३ करोड २४ लाख १९ हजार रुपैयाँ नाफा कामाएको छ जुन गत आर्थिक वर्षको तुलनामा ४.४२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २४ करोड ३१ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो ।यस अवधिसम्म आइपुग्दा कम्पनीले ३२ करोड १७ लाख ३८ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३४ करोड ३८ लाख रूपैयाँको बिजुली बिक्री गरेको थियो ।
हाल सानिमा माई हाइड्रोपावरको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । सानिमाको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ १४ पैसाले घटेर ७ रुपैयाँ ५२ पैसा भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४६ पैसाबाट बढेर १५५ रुपैयाँ भएको छ ।
Comments