आदर्श लघुवित्तको नाफा ४७ % ले घट्यो, प्रतिशेयर आम्दानी कति?
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.८३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.६५ प्रतिशत घटेर ४७ लाख ३० हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन नाफा ४७.३४ प्रतिशत घटेर ५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३७ पैसा घटेर ६ रुपैयाँ ७४ पैसामा झरेको छ। भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६७ पैसा रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रहेको छ । जगेडा कोष ७८.५० प्रतिशत बढेर १ करोड २७ लाख पुगेको छ ।
Comments