चिरख्वा हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति
चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न सेबोनसँग अनुमति मागेको छ । कम्पनीले कात्तिक १७ गते आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । यसले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।
Comments