नेप्सेमा करिब ३९ अङ्कको गिरावट , कारोबार रकम साढे १ अर्ब नजिक!
आज बुधबार ३९.१५ अङ्कले घटेर २ % गिरावटका साथ नेप्से परिसूचक १९१७.२२ अंकमा बन्द भएको छ। कारोबार भएका २२३ कम्पनीमध्ये ४ कम्पनी उकालो लागेका छन्, १८१ कम्पनी ओरालो लागेको छन भने शुन्य कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा अप्पर हेवाखोला हाईड्रोपावर रहेको छ, जसको ७.४२ % मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा एक्सल डेभलोप्मेंट बैंक रहेको छ, जसको सेयर मूल्य ७.९५% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नेस्डो लघुवित्त र भोलुममा कारोबार हिमाल दोलखा हाईड्रोपावर भएको छ ।
Comments