अब तिर्नुपर्ने हुनसक्छ ट्विटर खाताको लागि पैसा

लोकप्रिय सामाजिक सञ्जाल ट्विटरको प्रयोगको लागि सबै प्रयोगकर्ताहरूले शुल्क तिर्नुपर्ने हुनसक्छ। 

प्लेटफार्मरको रिपोर्ट अनुसार, कम्पनीको नयाँ मालिक एलन मस्कले सदस्यता शुल्क लिने योजना बनाइरहेको बताए । रिपोर्ट अनुसार हालसालै भएको बैठकमा मस्कले कर्मचारीहरूसँग विचार छलफल गरेको जानकारी दिईएको छ । मस्कको योजना अनुसार प्रयोगकर्ताहरूले नि:शुल्क केहि  समयसम्म ट्विटर चलाउन पाउनेछन् । यसपछि, प्रयोगकर्ताहरुले  ट्वीट गर्न सदस्यता किन्नु पर्नेछ । 

यद्यपि, यो कति समय लाग्छ र मस्कले यसमा गम्भीरतापूर्वक काम गरिरहेको छ कि छैन अझै स्पष्ट छैन। रिपोर्टअनुसार कम्पनीको टोलीले हाल नयाँ प्रमाणीकरण सदस्यता सुविधामा काम गरिरहेको जनाईएको छ।

Comments

Back to top