मेटाले ठूलो संख्यामा कर्मचारी हटाउँदै

मेटा प्लेटफर्म इंक (पहिले फेसबुक) ले भारी संख्यामा  कर्मचारी हटाउने भएको छ । 

मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले मंगलबार एक बैठकमा आफ्ना अधिकारीहरूलाई सो जानकारी दिएका थिए। निकालिने कर्मचारीको संख्या १०% हुन सक्ने बताईएको छ । 

वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार सो  कम्पनी २००४ मा स्थापना भएदेखिको सबैभन्दा ठूलो घाटा रहेको छ । वाल स्ट्रीट जर्नलको  रिपोर्ट अनुसार मंगलबारको बैठकमा जुकरबर्ग निराश देखिएको र कम्पनीको घाटाका लागि आफू जिम्मेवार रहेको पनि बताएका थिए । 

जुकरबर्गले आफु कम्पनीको वृद्धिप्रति धेरै आशावादी भएकाले 'ओभर स्टाफिङ' भएको बताए । उनले अधिकांश कर्मचारी व्यवसाय विकास टोलीबाट बर्खास्त भइरहेको बताए ।

Comments

Back to top