विश्वभर कच्चा तेलको मूल्यमा गिरावट!

अमेरिकामा ब्याजदर र चीनमा कोरोना बढ्दा विश्वभर कच्चा तेलको मूल्यमा गिरावट आएको छ। 

माथि उल्लेखित कारणहरुले तेलको माग घट्ने सम्भावना रहेका कारण मूल्यमा गिरावट आएको हो। गत शुक्रबार प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्यमा गिरावट आएको थियो। 

अमेरिकी ब्याजदर पहिलेको भन्दा बढी हुन सक्ने त्रास लगानीकर्तामा देखिएको छ। साथै चीनमा कोरोनाको प्रकोपका कारण विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशमा तेलको माग घट्ने सम्भावना पनि देखिएको छ। 

शुक्रबार प्रारम्भिक कारोबारमा ब्रान्ड कच्चा फ्युचर ०.२ प्रतिशत अर्थात २२ सेन्टले घटेर ९४.५५ प्रतिब्यारेलमा किनबेच भएको थियो। अघिल्लो सत्रमा यो १.५ प्रतिशतले घटेको थियो। 

कच्चा तेल डब्ल्यूटीआई फ्युचर्स पनि ०.३ प्रतिशत अर्थात २७ सेन्टले घटेर ८७.९० डलर प्रतिब्यारेलमा कारोबार भएको थियो। यसले गर्दा अघिल्लो सत्रको तुलनामा २ प्रतिशतले घाटा बढेको छ। 

स्रोत:एजेन्सी

Comments

Back to top