आरम्भ चौतारी लघुवित्तको वित्तीय अवस्था कस्तो?

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म लघुवित्तको खुद नाफा ५५.०५ प्रतिशतले घटेर ६६ लाख ४० हजार रुपैयाँमा सीमित बनेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ४७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.३४ प्रतिशतले घटेर ६ करोड ७८ लाख रुपैयाँ कायम रहेको छ । संस्थाको सञ्चालन नाफा ६२ लाख ३२ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त नाफा १ करोड ८२ लाख ८० हजार रुपैयाँ रहेको छ । लघुवित्तले ३ अर्ब १८ करोड ५० लाख रुपैयाँ सापटी लिई १ अर्ब ६४ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १९ करोड ६५ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २४ पैसा रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ६६ पैसा रहेको छ । लघुवित्तको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ११ करोड २५ लाख रुपैयाँ रहेको छ ।

Comments

Back to top