पेटको ग्यास वाट पिडित हुनुहुन्छ ? यसरी पाउनुहोस् छुट्कारा

ग्यास्ट्रिकको समस्याले धेरैजसो मानिसलाई लगातार सताउने गर्दछ।  पेटमा ग्यास भरिनुलाई सामान्य मानिन्छ। पेटमा ग्यास बन्न सुरुहुने भनेको पाचन नलीमा हावा भरिएपछि हो।  सामान्य व्यक्तिले प्रतिदिन करिब एकदेखि चार पोइन्ट ग्यास पास गर्ने गर्छ।  पेटमा ग्यास बनेपछि मानिसलाई  पेट फुल्ने समस्या हुनसक्छ। यसरी पेटमा बनेको ग्यासले छाती, पिठ्यूँमा समेत असर पार्न सक्छ। 

ग्यासको समस्या धेरै हुनेभनेको पाचन प्रक्रिया सही नभएका व्यक्तिमा हो।  खाना निल्दा, खानासँगै थोरै हावा पेटमा जान्छ । यो हावा सामान्यतया सानो आन्द्रामार्फत शरीरबाहिर निस्कन्छ ।  बाँकी ग्यास ठुलो आन्द्रामा रहिरहन्छ । पाचनसम्बन्धी रोग भएका मानिसमा पनि ग्यासको समस्या हुन्छ । खाना खाएको समयमा पानी त्यस्तै पिउँदा पेटमा ग्यास भरिन्छ । जसले पाचन प्रक्रियामा नराम्रो असर गरी ब्लोटिङ हुने र ग्यास बन्ने समस्या हुन्छ । 

व्यायाम गर्दा पनि ग्यास बन्ने समस्या हुनसक्छ । व्यायाम गर्दा पसिना आएपछि शरीरमा सोडियम निस्किन्छ र ब्लोटिङको समस्या निम्तिन सक्छ । यस्तो अवस्थाबाट बच्नका लागि शरीरलाई हाइड्रेट राख्न जरुरी हुन्छ । खोकीको औषधिको सेवन गर्दा पेटमा ब्लोटिङ हुने र ग्यास भरिने सम्भावना हुन्छ ।  

आर्टिफिसियल स्वीटनर्सको प्रयोग गरिने हुँदा यस्ता औषधिलाई पचाउन पेटलाई धेरै गाह्रो पर्ने भएकाले पेटका ब्याक्टेरियाहरू झन् धेरै बढ्छन् जसकारण ग्यास भरिने र पेटमा दुखाइ हुने गर्छ । त्यस्तै तनावको कारण, धुम्रपान, धेरै छिटो खाना खाने बानी भएमा पनि पेटमा बढी हावा भित्र पस्छ जसकारण ग्यासको समस्या हुन्छ ।

पेटमा बन्ने ग्यासको कारण केही खानेकुराहरू पनि हुन सक्छन् । पचाउन गाह्रो हुने खाना। धेरै कार्बोहाइड्रेट भएको खाना वा फ्याटी फुडको सेवन गर्दा पेटमा ग्यास बन्ने गर्छ । यस्ता खानेकुरा पेटमा पुगेपछि ठुलो आन्द्रामा हुने ब्याक्टेरियाले यसलाई टुक्र्याउने काम गर्छ जसकारण पेटमा ग्यास पैदा हुन्छ।  

अधिक मात्रामा यस्ता खानेकुरा खाँदा पेटमा ब्लोटिङ र अत्यधिक मात्रामा ग्यास पैदा हुन्छ । केही फलफूलको जुसले कार्बोहाइड्रेट र चिनी उत्पादन गर्ने भएकाले पेटमा ग्यास बन्ने तथा पेट दुखाइसमेत सुरु हुनसक्छ । यसकारण जुसको सट्टामा फलफूलको सेवन उपयुक्त मानिन्छ । 

पाचनयन्त्रलाई स्वस्थ बनाउन सही, ताजा, सन्तुलित, सुपाच्य खानेकुरा खानु जरुरी छ । शरीरलाई जरुरी पोषकतत्व भिन्नभिन्नै खानामा पाइन्छ । त्यसैले यी फरक–फरक खानेकुरा खान उपयुक्त हुन्छ, ताकि सबै किसिमको पोषकतत्व प्राप्त होस् ।यसले शरीर सञ्चालन गर्ने, शक्ति दिने, शरीरको विकास गर्ने जस्ता भूमिका खेल्छ । तर यी तत्व कति मात्रामा चाहिन्छ भन्ने कुरा मान्छेको उमेर र स्वास्थ्य स्थिति हेरेर निर्धारण हुन्छ । सामान्यतः मान्छेलाई दैनिक दुई हजार क्यालोरी भए पुग्छ । 

धेरै मान्छेले स्वस्थ रहन मुख बार्ने गर्छन् । तर कुनै पनि खानेकुरा खाँदैमा त्यसले न त धेरै फाइदा गर्छ न त धेरै हानि नै, शरीरको माग अनुसार सही खानेकुरा खान डराउनु पर्दैन । यदि कुनै रोग लागेको अवस्था छ भने त्यही अनुरुप खानपान तालिका निर्धारण गर्न सकिन्छ ।
 

Comments

Back to top