हङकङमा छैंठौ पटक ब्याजदरमा वृद्धि!

हङकङको केन्द्रीय बैंकले ब्याजको आधार दर ७५ आधार अंकले बढाउने निर्णय गरेको छ । हङकङमा पछिल्लो ८ महिनामा छैंठौपटक ब्याजदर बढेको हो।

बढ्दो महँगी नियन्त्रणको लागि भन्दै हङकङमा ब्याजदर बढाईएको हो । यससँगै हङकङमा ब्याजको आधार दर १४ वर्षयताकै उच्च ४.२५ प्रतिशतमा पुगेको छ। यो निर्णय तत्कालै कार्य‍ान्वयनमा आउन हङकङ मनिटरी अथोरिटी (एचकेएमए)ले बताएको छ। 

अमेरिकाको केन्द्रीय बैंक फेडेरल रजर्वले पनि लक्षित दर समान अंकले बढाउँदै ३.७५ देखि ४ प्रतिशतको बीचमा राख्ने निर्णय गरेको थियो। सोही निर्णयसँगै एचकेएमएले पनि यस्तो निर्णय गरेको हो।

Comments

Back to top