अर्बपति जेफ बेजोस सङ्कटमा!

हालसालै अर्बपति धनाढ्य जेफ बेजोस एक कानुनी सङ्कटमा फसेका छन् । उनलाई भेदभाव आरोप लगाउँदै एक पूर्व हाउसकीपरले मुद्दा हालेकी छन्। बेजोसले भने उक्त आरोप अस्वीकार गरेका छन् ।

अर्बपति जेफ बेजोसले हालैका  दिनहरुमा गुप्त बसेका छन्।

आर्थिक चिन्ता उच्च भइरहेका बेला उनले गत महिना आफ्नो मौनता तोडेर अर्थतन्त्रबारे कडा चेतावनी दिएका थिए ।

अमेजनका कार्यकारी अध्यक्षले भविष्यमा देखा पर्ने आर्थिक संकटका लागि मानिसहरुले तयारी गर्नुपर्ने चेतावनी दिएका थिए।

त्यसको केही हप्तापछि बेजोस फेरि चर्चामा आएका छन् ।

अर्बपतिले एक पूर्व हाउसकिपरको उजुरीको सामना गर्नुपरेको छ।

गत नोभेम्बर १ मा वासिङ्टन राज्यको किङ काउन्टी सुपीरियर कोर्टमा दायर गरिएको मुद्दामा मर्सिडीज वेडाले बेजोसको घरमा जागिर गर्दा आफू भेदभावको सिकार भएको बताएकी थिइन् ।

उनलाई आफ्नो जातीको कारण भेदभाव गरिएको बताइएको छ । "मैले जातीको कारण गरिएको भेदभावको प्रतिशोध गरे र गलत तरिकाले मलाई जागिरबाट निकालियो," वेडाले उजुरीमा भनेकी छन्।

Comments

Back to top