स्वीस बैंकको ९ महिनामा १ खर्ब ४३ अर्ब डलर गायब!

स्वीजरल्यान्डको केन्द्रीय बैंक स्वीस नेशनल बैंकले सन् २०२२ को ९ महिनामा १ खर्ब ४३ अर्ब डलर गुमाएको छ । 

चालिस वर्ष यताकै उच्च मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले निरन्तर रुपमा ब्याजदर बढाएपछि मानिसहरुले सुरक्षित लगानीका रुपमा डलरमा लगानी गरिरहेका छन् । डलरको माग बढ्दै गएपछि डलरको मूल्य पनि बढेको छ । डलरको माग बढेको हुनाले स्विस बैंकको डलर संचिति घटेको हो ।

यही सिलसिलामा स्वीस फ्रान्कलाई कमजोर हुन नदिन र विश्व बजारमा स्वीस फ्रान्कको मूल्य सन्तुलनमा राख्न स्वीस बैंक प्रयत्नरत रहेको छ । स्वीस फ्रान्कको मूल्यमा कमी आउन नदिन स्वीस बैंकले १४१ अर्ब फ्रान्क बराबरको बन्ड खरिद गरेको थियो ।

Comments

Back to top