इंग्ल्याण्डमा ब्याजदर ३० वर्ष यताकै उच्चस्तरमा वृद्धि!

बैंक अफ इंग्ल्याण्डले ब्याजको आधार दर ३० वर्ष यताकै उच्चस्तरमा वृद्धि गरेको छ । हालसालै केन्द्रिय बैंकले आधार दर ०.७५ प्रतिशतले बढाएर तीन प्रतिशत पुर्याएको छ । 

बैंक अफ इंग्ल्याण्डका अनुसार बेलायत पहिलेदेखि नै आर्थिक मन्दीमा रहेको र अब पनि लामो समयसम्म रहने संभावना रहेको छ । उक्त बैंकले आगामी वर्षमा उच्च मुद्रास्फिती र बेरोजगारीदरका साथै धेरै समयसम्म अर्थतन्त्र संकुचित हुने प्रक्षेपण पनि गरेको छ ।

बेलायतको इतिहासमा पहिलो पटक निरन्तर आठ त्रैमासमा जीडीपीमा गिरावट देखिएको छ । यद्यपी यसको असर २००८ देखि २००९ सम्म र १९८० को दशकमा देखिएको मन्दी भन्दा कम रहेको बैंक अफ इंग्ल्याण्डले बताएको छ ।

Comments

Back to top