अर्बपति लगानीकर्ता कूपरम्यानको अमेरिकी अर्थतन्त्र मन्दीमा फस्ने प्रक्षेपण!

अर्बपति लगानीकर्ता लियोन कूपरम्यानले एस एण्ड पी ५०० अझै २० प्रतिशतले घट्न सक्ने चेतावनी दिएका छन्  । साथै, उनले अमेरिकी अर्थतन्त्र अर्को वर्ष मन्दीमा फस्ने अनुमान पनि गरेका छन् ।

उनले मंगलबार सीएनबीसीसँगको बेन्चमार्क स्टक इन्डेक्सबारे भने, "मलाई लाग्दैन कि अन्तिम गिरावट आएको छ । तपाईं अर्को वर्ष यस इन्डेक्सलाई ३००० को आसपास पाउनुहुनेछ।"

अर्बपति लगानीकर्ताका अनुसार विगतको मन्दीका बेला सेयर बजार चरम विन्दुबाट करिब ३५ प्रतिशतले घटेको थियो । एस एण्ड पी ५०० अहिलेसम्म २० प्रतिशतले ओरालो लागेको छ, जुन जनवरीमा ४,८०० को बिन्दुबाट लगभग ३,९०० मा झरेको छ।

यदि कूपरम्यानको अनुमान सही निस्कियो  भने एस एण्ड पी ५००  इन्डेक्स ३,१०० अंकमा झर्न सक्छ, जुन जुलाई २०२० पछिको सबैभन्दा कम स्तर हो ।

Comments

Back to top