प्रोफेसर सिगेलको स्टकहरू ३०% बढ्ने र घरको मूल्य १५% घट्ने प्रक्षेपण!

प्रोफेसर जेरेमी सिगेलले आगामी दुई वर्षमा अमेरिकी सेयर बजारमा ३० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरेका छन् । साथै, उनले फेडरल रिजर्भले चाँडै ब्याज दर कटौती नगरे आवास बजारमा ऐतिहासिक मन्दी आउने अनुमान गरेका छन् ।

"दुई वर्षपछि, सेयर बजार आजको तुलनामा २०% देखि ३०% सम्म बढ्नेछ," सिगेलले यसै हप्ता ब्लूमबर्गको "मास्टर्स इन बिजनेस" पोडकास्टमा भने।

एस एण्ड पी ५०० यस वर्ष १९ प्रतिशतले घटेर ४००० अंकभन्दा कममा झरेको छ भने नास्डेक कम्पोजिट ३१ प्रतिशतले घटेर ११००० अंकभन्दा तल झरेको छ । सिगेलको पूर्वानुमानअनुसार एस एण्ड पी बेन्चमार्क इन्डेक्स सन् २०२४ मा पहिलो पटक ५००० अंक नाघ्न सक्छ । त्यस्तै, नास्डेक पनि  १४००० बिन्दुको उच्च अंकमा फर्कन सक्छ।

सिगेलले भने, "स्टकहरू एकदम कम मूल्यमा बिक्री भईरहेका छन्। यदि तपाईं अहिले स्टक किन्नुहुन्छ भने केही वर्षमा धेरै खुसी हुनुहुनेछ।"

Comments

Back to top