बर्खास्त गरिएका ट्विटर कार्यकारीहरूलाई एलन मस्कले ९०  मिलियन डलर भुक्तानी नगर्ने जोखिम!

एलन मस्कले  'कारणवश' बर्खास्त गरेपछि ट्विटरका वरिष्ठ ४ अधिकारीहरूले ९ करोड अमेरिकी डलर भुक्तानी पाउने सम्भावना न्यून देखिएको छ ।

४४ अर्ब अमेरिकी डलरको अधिग्रहण पूरा भएपछि कम्पनीमाथि आफ्नो नियन्त्रण कायम गर्न तीव्र गतिमा अघि बढेपछि मस्कले बिहिवार प्रमुख कार्यकारी पराग अग्रवाल र वित्त प्रमुख नेड सेगलसहित चार वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरेका थिए।

मस्कले ट्विटरका कानुनी प्रमुख र यसका जनरल काउन्सेललाई समेत पदबाट हटाएका थिए र उनले 'कारणवश' यस्तो गरेको द इन्फर्मेसन पत्रिकाले जनाएको छ ।

अरबपति उद्यमीले ट्विटरमा प्रबन्धकहरुका लागि आन्तरिक मानव संसाधनले पठाएको इमेललाई सार्वजनिक रूपमा मजाक उडाएपछि रकम भुक्तानी पनि नगर्ने सम्भावना देखिएको हो।

मस्कले ट्वीटरमा लेखेका छन्, 'ट्विटरबाट यो इमेल भर्खरै प्राप्त भएको छ । यो एक स्वत: उत्पन्न भएको वास्तविक इमेल हो। त्यसैले, यो अमूल्य जानकारी सिक्नको लागी केवल मलाई ३० दिनको अनुमति दिईएको छ।'

Comments

Back to top