ट्विटर स्टक एलन मस्कको सम्झौता मूल्यको नजिक, शुक्रवार ट्विटरको सेयर कारोबार नहुने!

डेलावेयर अदालतले एलन मस्कलाई सोसल मिडिया ट्विटर समूहको ४४ अर्ब अमेरिकी डलरको सम्पत्ति अधिग्रहण पूरा गर्न समयसीमा तोक्नुअघि नै न्यूयोर्क स्टक एक्सचेन्जका अधिकारीहरूले बिहीबार ट्विटरको सेयर कारोबारमा रोक लगाउने तयारी गरेका छन् ।

मस्कले हिजो कम्पनीको सान फ्रान्सिस्को मुख्यालयको भ्रमण गरे । उनले आफ्ना ११०.२ मिलियन ट्विटर अनुयायीहरूसँग ती फोटोहरू साझा गरे । मस्क भोलिको समयसीमाभित्र महिनौं लामो मर्जर सम्झौता पूरा गर्न तयार देखिन्छन्।

एलन मस्कले भने, "ट्विटरको बारेमा एक सुन्दर कुरा यो हो कि यसले कसरी नागरिक पत्रकारितालाई सशक्त बनाउँदछ । यसले गर्दा मानिसहरू पूर्वाग्रह बिना समाचार प्रसार गर्न सक्षम छन्।"

अर्बपति टेस्लाका प्रमुख कार्यकारी अधिकृतले शुक्रबार ट्विटरका कर्मचारीलाई औपचारिक रूपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ। तर जानकारहरुले भनेका छन् कि उनले अक्टोबर २८ साँझ ५ बजे कम्पनीको नियन्त्रण सम्हाल्दा समूहको ७५ प्रतिशतसम्म कर्मचारी कटौती गर्ने योजना बनाएका छैनन्।

Comments

Back to top