भारतमा डिजिटल रुपैयाँ लन्च गर्ने तयारी!

भारतमा डिजिटल मुद्रा लन्च गर्ने तयारी भईरहेको छ ।

भारतकी वित्तमन्त्री निर्मला सीतारमणले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा आरबीआईको डिजिटल मुद्रा अर्थात् डिजिटल रुपैयाँ वा ई–रुपीले देशको डिजिटल अर्थतन्त्रलाई बलियो बनाउने बताएकी थिईन् । भारतीय रिजर्भ बैंकले डिजिटल रुपैयाँमा ब्लकचेन प्रविधि प्रयोग गर्नसक्ने जानकारहरु बताउँछन् ।

आरबीआईले चाँडै ई–रुपी वा सीबीडीसी अर्थात् केन्द्रीय बैंक डिजिटल मुद्रा निश्चित उपयोगहरुका लागि सुरु गर्ने बताएको छ । यो खुद्रा र थोक लेनदेनका लागि समेत प्रयोग गरिने बताईएको छ।

ई–रुपीले भारतको भुक्तानी प्रणालीलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। सर्वसाधारण तथा व्यवसायीले ई–रुपीमार्फत विभिन्न प्रकारका कारोबारका लागि डिजिटल मुद्रा प्रयोग गर्न सक्नेछन्। आरबीआईका अनुसार सीबीडीसी अर्थात् केन्द्रीय बैंक डिजिटल मुद्राले वित्तीय लेनदेनका लागि मानिसहरुलाई जोखिममुक्त भर्चुअल मुद्रा उपलब्ध गराईनेछ।

Comments

Back to top