बेलायतमा मुद्रास्फीति दोहोरो अंकमा प्रवेश!

बेलायतमा मुद्रास्फीति दोहोरो अंकमा प्रवेश गरेको छ।

एक रिपोर्टअनुसार बेलायतमा महँगी ४० वर्षयताकै उच्च भएको हो । हालै प्रकाशित तथ्यांकअनुसार वार्षिक मुद्रास्फीति बढेर १०.१ प्रतिशत पुगेको छ । अगष्टमा मुद्रास्फीति ९.९ प्रतिशत रहेको थियो ।

बेलायतमा हाल उर्जा र खाद्यपदार्थको मूल्य अचाक्ली बढेको छ । मुद्रास्फीति दोहोरो अंकमा पुग्नु बैंक अफ इंग्ल्यान्डको लागि चुनौतीको विषय भएको छ । हालै, बैंक अफ इंग्ल्यान्डका गर्भनर एन्ड्रयु बेलीले मुद्रास्फीति बढेपछि महँगी नियन्त्रण गर्न कडा कदम आवश्यक रहेको बताएका थिए।

Comments

Back to top