एलन मस्कले ट्विटर किनेपछि लगभग सबै ट्विटरका जागिरेहरुलाई निकाल्ने!

एलन मस्कको ट्विटर चलाउने योजना अप्रिलमा कम्पनी खरिद गर्न सहमत हुँदा उनले गरेको  प्रस्तावभन्दा एकदम फरक देखिएको छ।

सम्झौता पछिका प्रारम्भिक दिनहरूमा, मस्कले कथित रूपमा लगानीकर्ताहरूलाई ट्विटरको लागि एक महत्वाकांक्षी प्रस्ताव प्रस्तुत गरेका थिए। तर, हाल आएको सामूहिक  रुपमा ट्विटरका कामदार हटाउने उनको योजना विरोधाभासपूर्ण छ।

न्युयोर्क टाइम्सअनुसार मे महिनामा मस्कले सन् २०२५ सम्ममा ट्विटरका कर्मचारी ७,५०० बाट ११,०७२ पुर्याउने योजना बनाएका थिए ।

त्यसको ६ महिना नबित्दै मस्कले ट्वीटरको कर्मचारीलाई करिब ७५ प्रतिशतले घटाएर २,००० मा झार्ने योजना बनाएका छन् ।

बिजनेस इन्साइडरको अनुरोधमा ट्वीटर र मस्कले तत्काल कुनै प्रतिक्रिया दिएनन् ।

स्रोत: एजेन्सी

Comments

Back to top