अर्थशास्त्री डेभिड रोजेनबर्ग भन्छन् एस एण्ड पी ५०० इन्डेक्स अझै २७% झर्न सक्छ!

डेभिड रोसेनबर्गले एस एण्ड पी ५०० मा थप २७ प्रतिशतले गिरावट आउन सक्ने चेतावनी दिएका छन् । 

साथै उनले, लामो समयदेखिका ऋणपत्रहरु अर्को वर्ष २० प्रतिशतभन्दा बढी बढ्ने अनुमान गरेका छन् । यस हप्ता जारी गरिएको रियलभिजन साक्षात्कारको क्रममा उनले सो कुरा बताएका हुन्।

अनुभवी अर्थशास्त्री र रोसेनबर्ग रिसर्च प्रमुखले ब्ल्याक मन्डेको बारे चर्चा गर्दै वाल स्ट्रिटमा आफ्नो अनुभव सुनाए। ब्ल्याक मन्डेको घटना आजभन्दा लगभग ३५ वर्ष पहिले भएको थियो ।  

उनले फेडरल रिजर्भले सम्पत्तिको मूल्य बढाएको आरोप लगाए र सन् २०२३ का लागि निराशाजनक परिदृश्य पनि अनुमान गरे।

Comments

Back to top