पाकिस्तानले पायो एडीबीको १५ अर्ब डलर ऋण!

एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण उपलब्ध गराएको छ। पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्नको लागि बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग स्वीकृत गरेको हो।

हालै आएको बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित हुनुका साथै पूर्वाधार तथा कृषिमा व्यापक क्षति पुर्‍याएको सन्दर्भमा पाकिस्तानमा जनता, जीविकोपार्जन र पूर्वाधारमा सहयोग पुर्‍याउन एडीबीले जारी गरेको एक मानवीय प्याकेजको रूपमा यो ऋण उपलब्ध गराइएको एडिबीले जनाएको छ।

यस कार्यक्रमले नगद स्थानान्तरण प्राप्त गर्ने परिवारको सङ्ख्या ७९ लाखबाट बढाएर ९० लाख पुर्‍याउन र प्राथमिक तथा माध्यमिक विद्यालयमा भर्ना भएका बालबालिकाको सङ्ख्या वृद्धि गर्न सहयोग पुग्ने बताइएको छ । 

Comments

Back to top