हङकङको मोबाइल बैंकिङ एसियाकै उत्कृष्ट: एक अध्ययन

हङकङको मोबाइल बैकिङ एसियामा नै उत्कृष्ट भएको एक अध्ययनले देखाएको छ । सिया पार्टनर्सले गरेको खोजअनुसार विश्वभरमा हङकङको मोबाइल बैंकिङ पाँचौ स्थानमा पर्छ । 

उक्त अध्ययनमा हङकङका १७ मोबाइल बैकिङ एपले ५६ अंक पाएका छन्। यो सूचीको शीर्षस्थानमा रहेको नेदरल्याण्ड्स ६६ अंकका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको बेलायत ६५, तेस्रो स्थानमा स्पेन ६३ र इटाली ६० अंकका साथ चौथो स्थानमा छन् ।

अध्ययन प्रतिवेदनका अनुसार मानिसहरुले मोबाइल बैंकिङ चलाउँदाको विभिन्न ८५ वटा विधालाई आधार बनाइएको थियो । जस अन्तर्गत मानिसहरुको मोबाइल बैंकिङ चलाउँदाको अनुभव र उनीहरुको धारणा पनि समावेश गरिएको थियो। वार्षिक औसतमा हङकङको मोबाइल बैंकिङ एपले १८ प्रतिशत बढी अंक पाएको थियो।
 

Comments

Back to top