तेल रिजर्भ डेमोक्र्याटहरूलाई मद्दत गर्न खुलाईएको भन्ने प्रश्नले बाइडेनको होश उडायो!

बुधबार धेरै पत्रकारहरूले रणनीतिक तरिकाले पेट्रोलियम रिजर्भ खुलाईनु राजनीतिक रूपमा प्रेरित भएको होकी भन्ने प्रश्न सोधेपछि अमेरिकी राष्ट्रपति बाइडेनको होश उडेको  थियो।

बाइडनले आपतकालीन रिजर्भबाट थप १ करोड ५० लाख ब्यारेल तेल छोड्ने घोषणा गर्दै यसले ग्यासको मूल्य घटाउने र घरेलु तेल उत्पादन बढाउने बताएका छन् । ह्वाइट हाउसमा उनले आफ्नो टिप्पणी टुंग्याउँदै गर्दा एक जना पत्रकारले व्यंग्यात्मक शैलीमा उनलाई ठूलो स्वरमा बोल्न भने।

"मध्यावधिमा डेमोक्र्याटहरूलाई मद्दत गर्न तपाईं यो एसपीआर रिलीज गर्दै हुनुहुन्छ भन्ने रिपब्लिकनहरूलाई तपाईंको प्रतिक्रिया के हो?" रिपोर्टरले सोधे।

'विगत चार महिनादेखि उनीहरु कहाँ छन् ? यो मेरो प्रतिक्रिया हो,' बाइडेनले भने।

ओपेकको तेल कटौतीपछि वासिङ्टन पोस्टले बाइडनको साउदी अरेबियासँगको विदेश नीति असफल भएको दाबी गरेको छ ।

'मध्यावधि निर्वाचन हुनुभन्दा तीन हप्ताअघि मात्रै तेल रिजर्भ खोलिनु राजनीतिबाट प्रेरित हो र ?' अर्का पत्रकारले प्रश्न गरे ।

'अहँ, त्यस्तो होइन,' बाइडेनले भने,  'यो कार्य अर्थपूर्ण छ। म यो काम कति समयदेखि गरिरहेको छु ? यो राजनीतिबाट प्रेरित छैन । यो कदम सुनिश्चित गर्नको लागि हो कि म जुन काम पहिलेदेखि गरिरहेको छु, त्यसमा धक्का दिन जारी राख्छु। मैले त्यही गरिरहेको छु ।'

युक्रेनका बारेमा सोधिएको प्रश्नको जवाफ दिइसकेपछि बाइडेन त्यहाँबाट बाहिरिएका थिए ।

Comments

Back to top