खाद्दन्नको मूल्य आकाशीयपछि बेलायती मुद्रास्फीति दोहोरो अङ्कमा प्रवेश गर्ने सम्भावना!

अर्थशास्त्रीहरुका अनुसार खाद्य पदार्थको मूल्यवृद्धिका कारण सेप्टेम्बरमा बेलायती  मुद्रास्फीति दोहोरो अंकमा फर्किने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले बिहिबार बेलायती परिवारको जीवनयापनको लागतमा भएको पछिल्लो वृद्धिबारे सार्वजनिक गर्नेछ ।

अर्थशास्त्रीहरूले उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति सेप्टेम्बरमा बढेर १० प्रतिशत पुग्ने अनुमान गरेका छन्, जुन अघिल्लो महिना ९.९ प्रतिशत थियो।

फरेक्स.कमका अनुसार पेट्रोलको मूल्यमा करिब ४ प्रतिशतले गिरावट आएको छ र सेकेण्ड ह्याण्ड कारको मूल्य पनि घटेको छ । यी सामग्रीको मूल्य घटे पनि मुद्रास्फीति दोहोरो अङ्कमा नै जाने सम्भावना देखिएको बताईएको छ ।

प्यान्थियन म्याक्रोइकोनोमिक्सका विज्ञहरूले खाद्य सीपीआई मुद्रास्फीति र सेवाहरूमा थप वृद्धिले यसको भरपाई हुने अपेक्षा गरिएको बताएका छन्।

खाद्य मुद्रास्फीति अगस्टमा १३.१ प्रतिशतबाट बढेर १४.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

Comments

Back to top