हाम्रो देश स्थिर र सन्तुलित तेल बजारको लागि कटिबद्ध छ: साउदी अरेबियाका राजा

साउदी अरबका राजा सलमान बिन अब्दुलअजीजले अन्तर्राष्ट्रिय तेल बजारको अवस्थालाई स्थिर र सन्तुलित राख्न आफ्नो देश इच्छुक रहेको बताएका छन् ।

साउदी अरेबियाले आफ्नो ऊर्जा रणनीतिभित्र रहेर विश्वतेल बजारको स्थायित्व र सन्तुलनलाई सहयोग पुर्याउने प्रयास गरिरहेको शुरा काउन्सिललाई सम्बोधन गर्दै राजा सलमानले भने।

आर्थिक मोर्चामा, साउदी राजाले नीतिगत उपायहरूको परिणामको रूपमा देशले आर्थिक उन्नति गरेको बताए । उनले थपे, 'राज्य वातावरणीय चुनौतीहरू, विशेष गरी जलवायु परिवर्तनको सामना गर्न द्रुत गतिमा अघि बढिरहेको छ।'

Comments

Back to top