नेप्से इन्ट्राडे अपडेट: लगभग आधा अङ्कको गिरावट!
आज नेप्से बजार झिनो अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८६० को नजिक आएको छ। ०.३१ अङ्कले घटेर नेप्से परिसूचक १८६०.६३ मा आएको हो । आज २ घण्टामा लगभग २० करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा सामुदायिक लघुवित्त रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा पिपल्स पावर लिमिटेड रहेको छ जसले ९.९७% गुमाएको छ ।
Comments