बैंक अफ काठमाण्डूको लाभांश घोषणा,बोनस र नगद कति ?

बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ३० गते बिहान ११ बजे बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । ग्लोबल आइएमई बैंक सँग मर्जर प्रकृयामा रहेकाले हाल यस बैंकको सेयर कारोबार नेप्सेमा रोक्का छ । 

Comments

Back to top