सिरियाली शरणार्थीहरूले लाइभस्ट्रिममा मागेका सहयोगबाट टिकटकले गर्यो आम्दानी!

एक अनुसन्धानले सामाजिक सञ्जालको विशाल कम्पनी टिकटकले उनीहरूको एपमार्फत् सिरियाका शिविरहरूमा बस्ने सयौँ विस्थापित परिवारलाई दिइएको चन्दा सहयोगको ७० प्रतिशतसम्म आफैँले राख्ने गरेको पाईएको छ।

हरेक दिन मोना अलि अल-करिम र उनकी ६ जना छोरीहरू टिकटकमा लाइभ बस्छन्। तिनले त्यहाँ भर्चुअल उपहारहरूका निम्ति याचना गर्छन्।

उनीहरू शिविरको पालभित्र घण्टौँसम्म भूईँमा बसेर सहयोग माग्छन्। बीचबीचमा आफूले जानेका केही अङ्ग्रेजी शब्दको प्रयोग गर्दै उनीहरू भन्छन्: "कृपया लाइक गर्नुस्, कृपया शेअर गर्नुस्, कृपया उपहार दिनुस्।"

मोनाका पति हवाई हमलामा मारिएका थिए। अचेल उनी टिकटकको लाइभस्ट्रिममा बसेर आफ्नी दृष्टीविहीन छोरीको शल्यक्रियाका लागि चाहिने पैसा जोहो गर्न उपहार सहयोग माग्छिन्।

उनीहरूले त्यसरी माग्ने उपहार भनेको वास्तविक उपहार नभइ भर्चुअल उपहार हो। तर त्यस्तो भर्चुअल उपहारको खास मूल्य हुन्छ र एपबाट त्यसलाई नगदमा रुपान्तरण गरेर लिन मिल्छ।

लाइभस्ट्रिमका दर्शकहरूले डिजिटल उपहारहरू किन्छन् । उदाहरणका निम्ति गुलाफको फूलको केही सेन्ट पर्छ भने सिंह वा ब्रह्माण्डको ५०० अमेरिकी डलर जति पर्छ।

उक्त टिकटक एपमा मोनाको जस्तै सयौँ परिवारले त्यस्ता उपहार माग्ने गर्छन्।

यो वर्षको सुरुमा विश्वभरिका टिकटक प्रयोगकर्ताहरूको फिडमा त्यस्ता भिडिओ देखा पर्न थाले। कतिपयले त्यसलाई ठगी भने पनि कैयौँले त्यसको समर्थन गरे।

स्रोत: बीबीसी

Comments

Back to top