सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले साधारण सभा कार्तिक ४ गते गर्दैछ । जसका लागि असोज २८ गते बुक क्लोज गर्ने भएको छ । अर्थात, असोज २७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ । सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ः०० बजेदेखि संचालन हुने छ ।

Comments

Back to top