बरुण हाइड्रापावर कम्पनीको हकप्रद सेयर बाँडफाँड सम्पन्न

बरुण हाइड्रापावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले भदौ ६ गतेदेखि भदौ ३१ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयर असोज २६ बाँडफाँड गरिएको हो । कम्पनीले १ बराबर १ को अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । रितपूर्वक आवेदन दिने सेयरधनीहरूलाई सेयर बाँडफाँड गरिएको सूचनामा उल्लेख छ ।

Comments

Back to top